![]()
काठमाडौं । तराईका नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहेर नेपाली चलचित्र ‘दि कर्मा’ बन्ने भएको छ । चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ ।
चलचित्रका निर्देशक विश्वदीप घिमिरे रहेका छन । फिल्ममा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहने छ ।
दिपकले ‘लभ सब प्यार व्यार’, ’अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका भारतीय mिल्ममा अभिनय गरेका छन । सो फिल्ममा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् । फिल्ममा अर्का कलाकार करण आहुजाको पनि भूमिका रहनेछ । करण भारतका मोडल हुन् ।
फिल्ममा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा बन्ने जनाइएको छ ।


