![]()
बिबिसि । अमेरिका र उत्तर कोरियाबीचको तनाव उत्कर्षमा पुगेको छ । राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ आर्थिक प्रतिबन्ध लगाएको दुइ दिन नबित्दै उत्तर कोरियाले अमेरिकाको बम निर्माणस्थल गुआममा रकेट आक्रमण गर्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाले आक्रमणका लागि आवश्यक तयारी समेत भैरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आगो र क्रोधबाट बच्न चेतावनी दिएको केही घण्टापछि नै उत्तर कोरियाले गुआममा मध्यम वा लामोदुरीको रकेट प्रहार गर्ने धम्की दिएको हो ।
प्योङयाङले गत जुलाईमा २ वटा लामो दूरीको अन्तरमहादेशीय व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । ती क्षेप्यास्त्र अमेरिकाको मूख्य क्षेत्रमा आक्रमण गर्नसक्ने क्षमताको रहेको उत्तर कोरियाको दाबी छ ।


