![]()
काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकै चरणमा प्रदेश र संघीय निर्वाचन गर्नुपर्ने बताएको केही दिनमै एमाले अध्यक्ष केपी ओलीले पनि उनको भनाइलाइ समर्थन गरे । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रादेशिक र संघीय चुनाव एकैपटक गर्नुपर्ने मत जाहेर गरेका छन ।
बुधवार रूपन्देहीको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुबै चुनाव एकै चरणमा गर्दा संवैधानिक अप्ठ्यारो पनि नपर्ने, कम खर्च हुने र तोकिएको मितिमा निर्वाचन पनि सम्पन्न हुने धारणा राखे ।
प्रमुख तीन दलका शीर्ष नेता नै दुबै चुनाव एकै चरणमा गर्नुपर्ने पक्षमा उभिएपछि अब निर्वाचन आयोगलाइ मात्र तयारीको खाँचो देखिएको छ । निर्वाचन आयोगले भने दुइ चरणमा निर्वाचन गर्न समस्या हुने बताउँदै आएको छ ।


