Breaking News.... EverestOnlineKhabar
May 11, 2026

पार्टी फुटेपछि रन्थनिएका कमल थापाले भने, ‘सरकारलाइ दिएको समर्थन फिर्ता’

Loading

काठमाडौं । पशुपतिशम्शेर राणाले पार्टीका प्रभावशाली सांसद र केन्द्रीय सदस्यसहित पार्टी बिभाजन गरेपछि रन्थनिएका राप्रपा अध्यक्ष कमल थापाले औपचारिक रुपमै सरकारलाइ दिएको समर्थन फिर्ता गरेका छन । मंगलवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आफनो पार्टी फुटाउन भूमिका खेलेको अध्यक्ष थापाको आरोप छ ।

पार्टी फुटनु अघि सरकारमा जान निकै कसरत गरेका थापाले पार्टी फुटेपछि भने देउवा सरकारले मधेस समस्या समाधान गर्न उदासिनता देखाएको, राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको लगायतका आरोप लगाएका छन ।

नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको राप्रपाको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.