![]()
इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ झलनाथ खनालले मुलुक निर्वाचनमय हुँदा समेत वर्तमान सरकार निर्वाचन नगर्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ ।
इलामको कोल्बुङमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न आलटाल गर्नु नै निर्वाचन नगर्ने प्रपञ्चका रुपमा देखा परेको उल्लेख गर्नुभयो । जतिसुकै षडयन्त्र भएपनि ती सबैलाइ परास्त गरी एमालेले सत्तारुढ दलहरुलाइ निर्वाचन गराउन बाध्य पार्ने उहाँले बताउनुभयो ।
संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएकाबेला सबैले सकारात्मक ढंगले अघि बढनुपर्ने खनालको भनाइ थियो । मुलुक निर्वाचन वर्षका रूपमा अघि बढिरहेकाले अब प्रदेश र केन्द्रको निर्वाचन पनि सफलतापूर्व सम्पन्न गर्ने चुनौती आइपरेको बताउनुभयो ।
‘स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ, नेता खनालले भन्नुभयो ।
पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।


