![]()
बिबिसि । बिश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो प्रचार गरेका एक दम्पतीलाई भारतीय प्रहरीले सेवाबाट बर्खास्त गरेको छ ।
दिनेश र तारकेश्वरी राठौडले गत बर्ष आफूहरुले सफलतापूर्वक सगरमाथा चढेको भन्दै फोटो सार्वजनिक गरेका थिए । अनुसन्धानकाक्रममा सो फोटो जोडजाड गरि बनाइएको खुलेपछि उनीहरुलाइ बर्खास्त गरिएको हो । उक्त दम्पतीले सगरमाथाको आरोहण गरेको विषयमा अन्य आरोहीहरुले प्रश्न उठाएका थिए ।
अब उक्त दम्पतीविरुद्ध कुनै थप कारबाही गरिन्छ कि गरिदैँन भन्ने स्पष्ट गरिएको छैन ।

यसअघि नेपालले उनीहरुले झुटो दाबी पेश गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लगाइसकेको छ ।
सुरुमा राठोड दम्पतीले आफूले सगरमाथा आरोहण गरेको दावी गर्दै उक्त तस्वीर वास्तविक भएको बताएका थिए । तर भारतको बैंगलौर बस्ने अर्का पर्वतारोही सत्यरुप सिद्धान्थले उक्त दम्पतीले प्रमाणका रुपमा प्रस्तुत गरेको तस्वीर आफूले आरोहण गर्दा खिचेको बताएपछि राठोर दम्पत्तीको पटाक्षेप भएको थियो ।
उनीहरुले पेश गरेको तस्वीरमा देखिएका र आरोहणका क्रममा लगाएका पोशाक तथा जुत्ता पनि फरक पाइएको थियो ।


