Breaking News.... EverestOnlineKhabar
May 11, 2026

इङ्ल्याण्डले जित्यो दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला

Loading

एजेन्सी,२४ साउन ।
चौथो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई १ सय ७७ रनले हराउँदै इङ्ल्यान्डले चार खेलको शृङखला ३–१ ले जितेको छ । इङ्ल्यान्डको ओल्ड ट्राफेर्डमा सम्पन्न खेलमा ३ सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २ सय २ रन मात्रै बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि हसिम अमलाले ८३ रन तथा फाफ डु प्लेसीसले ६१ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्न इङ्ल्यान्डका मोईन अलीले ५ तथा जेम्स एण्डरसनले ३ विकेट लिए ।
यो जितसँगै जो रुटको कप्तानीमा रहेको इङ्ल्यान्डले ४ टेस्ट म्याचको शृङ्खला ३–१ ले कब्जा गरेको छ । जितसँगै इङ्ल्यान्ड विश्व टेष्ट क्रिकेटको वरियतामा तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.