Breaking News.... EverestOnlineKhabar
May 11, 2026

वर्ल्ड ट्रेड सेन्टर आक्रमणमा मृत्यु हुने एकजनाको १६ वर्षपछि पहिचान खुल्यो….

Loading

एजेन्सी,२४ साउन ।
अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंककारी आक्रमणमा मारिएका थप एकव्यक्तिको पहिचान खुलेको छ । घटनामा मारिएका व्यक्तिको डिएनए परीक्षणका क्रममा १६ वर्षपछि सोमबार पहिचान खुलेको हो ।
न्यू योर्क शहरस्थित मूख्य मेडिकल परिक्षण कार्यालयले परिवारकै आग्रहमा डिएनए परीक्षण गरिएको जनाएको छ । कार्यालयले उक्त घटनामा मृत्यु भएकामध्ये ४० प्रतिशत अर्थात् १ हजार १ सय १२ जनाको अझै पहिचान खुल्न नसकेको उल्लेख गरेको छ ।
यसअघी सो घटनामा मारिएका अर्का एक ब्यक्तिको पहिचान सन् २०१५ मा गरिएको थियो । घटनामा २ हजार ७ सय ५३ जनाको मृत्यु भएकोमा १ हजार ६४१ जनाको मात्र पहिचान खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.