Breaking News.... EverestOnlineKhabar
May 12, 2026

समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न प्रमुख निर्वाचन आयुक्त यादवको सुझाव

Loading

काठमाडौं । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था संविधानमै छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने अडानमा रहेका दलहरु पनि मिश्रिम निर्वाचन प्रणालीमा सहमत भएकाबेला प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न दलहरुलाइ सुझाव दिएका छन ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै प्रमु्ख आयुक्त यादवले समानुपातिक निर्वाचन प्रणालीले निर्वाचनमा हुने खर्च स्वतः कम हुँदै धारणा राख्नुभयो । यादवले राजनीतिक दलहरुलाई राज्य आफैले निर्वाचन खर्च उपलब्ध गराउने व्यवस्था गरेर पनि निर्वाचान हुने अधिक खर्चलाई कम गर्दै लैजान सकिने बताउनुभयो ।

यादवले संविधानको धारा २७२ मा राजनीतिक दलहरुलाई खर्च दिने व्यवस्था राज्यले नै उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको पनि स्मरण गराउनुभयो । उहाँले निर्वाचनको मिति तोक्ने अधिकार पनि आयोगलाइ नै दिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा समितिमा सदस्यहरूले निर्वाचनमा खर्च कम हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.