Breaking News.... EverestOnlineKhabar
May 12, 2026

दुइ कोरियाका बिदेशमन्त्रीबीच भेटवार्ता

Loading

बिबिसि । दक्षिण कोरिया र उत्तर कोरियाका बिदेशमन्त्रीबीच प्रत्यक्ष भेटवार्ता भएको छ । फिलिपिन्सको मनिलामा क्षेत्रीय सुरक्षा बैठकको साइडलाईन बैठकका क्रममा दक्षिण कोरियाका बिदेशमन्त्री काङ क्युङ–हा र उत्तर कोरियाली समकक्षी रि योङ–होबीच भेटवार्ता भएको हो ।

दक्षिण कोरियाले भेटबारे पुष्टी गर्दै वार्ताका लागि उत्तर कोरियालाई आग्रह गरेको जनाएको छ । उत्तर कोरियाले भने छलफलको औचित्य नरहेको भन्दै वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । यसअघि हिजो चीनका बिदेशमन्त्री वाङ यीले पनि उत्तर कोरियाली समकक्षीसँग भेटवार्ता गरेका थिए ।

केही समययता कोरियाली प्रायद्विपमा तनाव बढेको छ । उत्तर कोरियाले पटक पटक क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरिया, अमेरिका लगायत मुलुक रुष्ट छन् । तनाव बढ्दै जादा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदुमा समेत उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रस्तावमा सहमति जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.