Breaking News.... EverestOnlineKhabar
May 12, 2026

भरतपुरमा लोकतन्त्र हार्यो, अदालतको निर्णय पनि दुर्भाग्य : खनाल

Loading

झापा । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनमा लोकतन्त्र पराजित भएको र यसको जिम्मेवार सत्तापक्ष रहेको आरोप लगाउनु भएको छ ।

झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले सरकारले सत्ताको चरम दुरुपयोग गर्दै आफ्नो पक्षमा जित निकालेको आरोप लगाउनुभयो । अनेकौं जालझेल गरेर भरतपुरमा एमालेलाइ हराइएको उहाँले बताउनुभयो ।
खनालले भन्नुभयो, ‘भरतपुरमा हामीले विरोध गर्दा गर्दै पनि राज्यले दमन गरेरै चुनाव जित्यो’, पैसा र पहुँचका भरमा कांग्रेस माओवादी गठबन्धनले लोकतन्त्रलाइ नै हराए’ ।

‘निर्वाचनको मौन अवधिमा दुईवटा गाडीलाई मात्र पास दिएको हुन्छ तर कांग्रेस माओवादीले ११ ÷१२ वटासम्म गाडी लिएर जनतालाई प्रभावित पार्न घर–घर पुगे, यो भन्दा बढी राज्य सत्ताको दुरुपयोग के हुन्छ ?’ खनालले आक्रोशित मुद्रामा भन्नुभयो ।

मतपत्र च्यात्नुभन्दा पहिला एमालेले जितेपनि राज्यसत्ताले हराएको उहाँले बताउनुभयो । भरतपुरको विषयमा अदालतको निर्णय नै दुर्भाग्य भएपनि एमालेले सदैव अदालतको निर्णयलाई सम्मान गर्ने उहाँको भनाइ थियो ।

नेता खनालले अहिले सत्ता गठबन्धन प्रदेश र संघीय तहको निर्वाचन टार्ने खेलमा लागेको समेत आरोप लगाउनुभयो । अहिलेसम्म निर्वाचनको मिति नतोक्नु चुनाव नगर्ने षडयन्त्रको एक कडी भएको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय तहको निर्वाचनमा समेत एमालेलाई पहिलो पार्टी हुन कसैले रोक्न नसक्ने उहाँको दावी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.