Breaking News.... EverestOnlineKhabar
May 12, 2026

रोकिएन रौतहटको गरूडामा आँशुको भेल, बालिकाको शव सडकमा राखेर सबै गाउँले रुंदै

Loading

रौतहट । शनिवार साँझदेखि आँशुको आहलमा डुबेको रौतहटको गरुडामा खुशी उडेको छ । चार बालिकाको पानीको खाल्डोमा डुबेर मृत्यु भएपछि गरुडा नगरपालिका नै शोकमा डुबेको छ । सडक निर्माणका क्रममा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको निधन भएको थियो ।

सडक डिभिजन कार्यालय र ठेकेदारको लापरवाहीका कारण आफना कलिला छोरीले ज्यान गुमाउनु परेपछि अहिले परिवारकासाथै नगरपालिका नै स्तब्ध भएको छ । आक्रोश स्वरुप उनीहरुले आइतबार बिहानदेखि सडकमा बालिकाहरुको शव राखेर प्रर्दशन गरिरहेका छन । रौतहट गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि शव सडकमा राखेर उनीहरु धर्ना बसेका छन । बालिकाहरुको मृत्युका कारण सडक बिभाग र ठेकेदार भएको भन्दै उनीहरुले क्षतिपूर्ति माग गरेका छन् । साथै, दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
आफ्ना माग पूरा नभएसम्म बालिकाको अन्तिम सस्कार नगर्ने र प्रर्दशन जारी राख्ने उनीहरुले बताएका छन् ।

शनिबार दिउँसो घाँस काटेर फर्किने क्रममा गर्मी भएकाले खाल्डोमा नुहाउँने क्रममा डुबेर गरुडा नगरपालिका–४ स्थित स्थानीय राम एकवाल साहकी दुई छोरी १२ वर्षीया सुनीता साह र ९ वर्षीया संगीता साहको निधन भएको थियो । यस्तै स्थानीय प्रेम साहकी ९ वर्षीया छोरी सुस्मिता साह र योगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना साहको पनि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.