Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मंसिर पहिलो साता प्रदेश र केन्द्रको चुनाव : प्रचण्ड

Loading

कास्की । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन हुने दावी गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल प्रदेश नं ४ ले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले मंसिर पहिलो सता भित्रै दुवै निर्वाचन गर्ने विषयमा दलहरुबीच छलफल भैरहेको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले पछिल्लो समय दलहरुबीच घनिभूत रुपमा सकारात्मक छलफल भैरहेकाले माघ ७ गते भित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभयो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएकाले अब सबै दल त्यही एजेण्डामा उभिनुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.