Breaking News.... EverestOnlineKhabar
May 12, 2026

चितवनमा रेणुको शान, दिनभर विजयत्सव, शुभकामना र खुशीयाली

Loading

चितवन । भरतपुर महानगरपालिकको मेयरमा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालको आइतबार छुट्टै रौनक र शान देखियो । शनिवार रातीबाटै विजयको खुशीयाली मनाउन सुरु गरिएपनि चितवनमा आइतबार मात्रै त्यसको विशेष रौनक देखियो ।

भरतपुरमा बिहानै निस्केको बिजय ¥यालीमा नेकपा माओवादी केन्द्रकासाथै सयौं कांग्रेसका नेता कार्यकर्ता पनि सहभागि थिए । कांग्रेस र माओवादीको गठवन्धन भएकाले विजय ¥याली पनि संयुक्त रुपमा आयोजना गरिएको थियो ।

आफू मेयरमा निर्वाचित भएपछि रेणुले कुनै पूर्वाग्रह बिना भरतपुर महानगरपालिकाको चौतीर्फी विकासमा आफूलाइ केन्द्रीत गर्ने बताएकी छन । उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी नेतृ पार्वती शाहले पनि अब दुइ महिला मिलेर महानगरको मुहार फेर्ने प्रतिक्रिया दिइन ।

वैशाख ३१ मा चुनाव भएको झण्डै ३ महिनापछि १९ नम्बर वडामा पुनः मतदान गरेर भरतपुर महानगरले शनिबार राति प्रमुख र उपप्रमुख पाएको हो । महानगर प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १ सय २७ तथा उपप्रमुखमा कांग्रेसकी पार्वती शाह ४७ हजार १ सय ९७ मत ल्याएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.