![]()
रामेछाप । गृहमन्त्री जनार्दन शर्माले बाढीले क्षतिग्रस्त रामेछापको खिम्तीमा खानेपानी, सडक र विद्युत एक हप्ता भित्र संचालन गर्न निर्देशन दिएका छन । गत असार ३१ गते छतौनी खोलामा आएको बाढीले त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको थियो ।
गृहमन्त्री शर्माले सडक निर्माणका कार्यलाइ दु्रत रुपमा अघि बढाउन सरकारले आवश्यक बजेट दिने बताउनुभयो । उहाँले बाढीपहिरोबाट विस्थापित भएकालाई जग्गा किन्न २ लाख र घर बनाउन तीन लाख गरी विस्थापित प्रतिपरिवारलाई ५ लाख रुपैयाँ सरकारले उपलब्ध गराउने आश्वासन दिनुभयो । बाढीपीडितलाई उपलब्ध गराउने ५ लाख रुपैयाँ रकम केन्द्रीय विपद ब्यवस्थापन समितिबाट निर्णय भएर निकासीको लागि पत्राचार भइसकेको जानकारी उहाँले दिनुभयो ।
जिल्ला दैविक प्रकोप उद्धार समितिको तथ्यांकअनुसार खिम्ती बाढी पहिरोले २६ घर पूर्ण रुपमा क्षति, सिंचाई कुलो क्षति ३५ वटा, खानेपानी योजना क्षति ३६ वटा क्षति भएको छ भने दुई दर्जनभन्दा बढी चौपया तथा पशुपन्छी माएका छन् भने २ सउ ५९ कृषक प्रभावित भएका छन् ।


