![]()
रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ मा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ४ बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गरुडा वडा नम्बर ४ का रामएकबाल साहका छोरीहरू १२ बर्षीया संगीता साह र वर्ष ९ बर्षीया सुनिता साह, जोगिन्द्र साहकी ९ बर्षीया छोरी सुनैना साह र प्रेम साहकी ९ बर्षीया छोरी सुमित्रा साह रहेका छन ।
गरुडा बजारदेखि पानीट्यांकी जाने सडक विस्तारका क्रममा माटो निकाल्दा खनेको खाल्डोमा उनीहरु डुबेका थिए । खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा घटना भएको प्रहरीको अनुमान छ ।
मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।


