![]()
काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम अब चाँडै अघि बढने बताउनु भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको आयोजना सुरु गर्न आफू हतारोमा रहेको बताउनुभयो ।
अर्थमन्त्री कार्कीले अरुण तेस्रो आयोजना प्रारम्भ खरबौंको लगानी मुलुकमा भित्रने दावी गर्नुभयो । ‘मुलुककै अर्थतन्त्रलाई राष्ट्रिय रुपमा दिगो प्रभाव पार्ने तीन आयोजना अरुण तेस्रो, माथिल्लो कर्णाली र तामाकोशी आयोजना बनेका थिए, तीमध्ये क्षेत्रीय र सन्तुलित विकासका दृष्टिोकणले महत्व बोकेका अरुण र कर्णाली आयोजना दश वर्षदेखि अलमलिएको अवस्थामा छन्न, अब ती आयोजनालाई अहिलेको सरकारले गति दिदैंछ ।’ मन्त्री कार्कीले भने ।
अरुण तेस्रो आयोजना कार्यान्वयन गर्नसकेको खण्डमा पूर्वाञ्चलको मात्र नभइ मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न उहाँले बताउनुभयो ।
संखुवासभा र भोजपुरको सिमानामा पर्ने उक्त आयोजनाको कुल अनुमानित लागत एक खर्ब चार अर्ब लाग्ने बताइएको छ ।


