![]()
बिबिसि । ह्वाइट हाउसले संयुक्त राष्ट्रसंघलाई आफू जलवायु परिवर्तन सम्बन्धी प्यारिस सम्झौताबाट अलग हुने जानकारी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा गरेको निर्णय कार्यन्वयन गर्न लागिएको वासिङटनले राष्ट्रसंघलाई जानकारी दिएको हो ।
तर, अमेरिकी विदेश मन्त्रालयले बहिर्गमन प्रकिया पुरा नहुन्जेलसम्म अमेरिका जलवायु परिवर्तन सम्बन्धी बैठकहरुमा सहभागी हुने बताएको छ । राष्ट्रपति ट्रम्पले प्यारिस सम्झौताले अमेरिकालाई खर्बौँ डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका उर्जा तथा उत्पादनसम्बन्धी उद्योगहरुमा क्षति पुग्ने बताउँदै आएका छन ।
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य सहित २०० वटा देशले हस्ताक्षर गरेको प्यारिस सम्झौताले अमेरिकालाई घाटा पुर्याउने सन्देश राष्ट्रसंघलाई पठाइएको पत्रमा उल्लेख छ ।


