![]()
एजेन्सी । बार्सिलोनाबाट फ्रान्सेली क्लबमा आबद्ध भएका ब्राजीलियन फुटबल स्टार नेयमारको ख्याति आगामी दुई बर्षभित्र झन दोब्बर हुने पेरिस साँ जाँमा (पिएसजी) का अध्यक्ष नासेर अल खेलाफीले बताएका छन् ।
बार्सिलोनाबाट दुई करोड ६४ लाख अमेरिकी डलर बराबरको क्लब स्थानान्तरण शुल्क तिरेर पिएसजीले नेयमारलाई भित्राएको हो । यो स्थानान्तरण लागत अहिलेसम्मकै उच्च शुल्क हो ।

पच्चीस बर्षीय नेयमारका लागि यति ठूलो रकम तिरेपछि फुटबल जगत नै चकित परेको छ । यसअघिको रेकर्डमा स्थानान्तरण शुल्क सवैभन्दा बढी फ्रान्सका नागरिक पाउल पोग्वालाई मेनचेस्टर यूनाइटेडले गरेको थियो । उक्त शुल्क नेयमारको अहिलेको शुल्को तुलनामा आधा कम रहेको थियो ।
नेयमारको साथमा पत्रकारसम्मेलनमा सहभागी अल खेलाफीले भने, ‘ विश्वमा दुई नेयमार छैनन् । आगामी दुई बर्षमा हामी भेट हुँदा नेयमारको मुल्य (ख्याती) कति हुनेछ भन्ने बिषयमा तपाईहरूलाई म बताउन चाहन्छु । हेर्दै जानोस् । कम्तीमा पनि दोब्बर हुनेछ । ’
नेयमारले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै आफू चुनौती भोग्न तयार रहेको बताए ।


