Breaking News.... EverestOnlineKhabar
May 11, 2026

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष वाग्ले भन्छन, ‘आर्थिक सुधार र आयोगको पुनर्संरचना पहिलो एजेण्डा’

Loading

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताउनु भएको ।

संघीयता अनुकुल आयोगको पुनर्संरचना र आर्थिक सुधार अनिवार्य रहेको उहाँले बताउनुभयो । प्रदेश र प्रदेशसभाको निर्वाचनपछि आयोगको स्वरुप परिवर्तन गर्ने उहाँले बताउनुभयो ।

दुईपटक आयोगको सदस्य भइसकेका वाग्लेले वित्तीय अनुशासन, ऊर्जा, ‘कनेक्टिभिटी’ र सहरीकरणका क्षेत्रमा पनि आफनो ध्यान रहेको बताउनुभयो । स्थानीय तहमा योजना निर्माण गरी कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।

वाग्ले अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि हुनुहुन्छ । उहाँले अमेरिकाको हार्वड विश्वविद्यालयबाट बिश्व विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएको हो । उहाँसंग विश्व बैंकको मुख्यालय वासिङ्टन डिसीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेको पनि अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.