Breaking News.... EverestOnlineKhabar
May 11, 2026

यसकारण तुहियो सोलार परियोजना, अब विश्व बैंकले लगानी नगर्ने

Loading

काठमाडौ,१९ साउन ।
नेपाल विद्युत्त प्राधिकरणले नुवाकोटमा निर्माण गर्न लागेको २५ मेगावाटको ग्रिड सोलार प्रोजेक्टमा विश्व बैंकले लगानी नगर्ने भएको छ । मंगलबार संसद्को सार्वजनिक लेखा समितिले चालू ठेक्का रद्द गरेर पुनः टेन्डर गर्न निर्देशन दिएपछि विश्व बैंकले परियोजनाबाट हात झिक्ने भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, बैंकका प्रतिनिधिले बुधबार नै यस्तो जानकारी दिइसकेका छन् ।परियोजनामा अत्यधिक राजनीतिक दबाब भएको तथा टेन्डर सम्पन्न भएर काम सुरु भइसकेपछि संसदीय समितिले निर्माण प्रक्रिया रोक्न निर्देशन दिएको भन्दै विश्व बैंकले लगानी नगर्ने जानकारी गराएको हो । यसअघि यो योजना रोक्न अदालतले पनि अन्तरिम आदेश दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.