Breaking News.... EverestOnlineKhabar
June 19, 2026

कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चक्रबहादुर अधिकारीको प्यानल विजयी

Loading

बाँके । कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चक्रबहादुर अधिकारी विजयी भएका छन् । निर्वाचनमा संयुक्त समावेशी प्यानलका अधिकारीको समूह बहुमतसहित विजयी भएको हो । अधिकारीले ७८५ र उनका प्रतिद्धन्द्धी विष्णु खनालले ४०४ मत प्राप्त गरे ।

उद्योग तर्फका उपाध्यक्ष बाहेक सबै अधिकारी प्यानलबाट विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा अधिकारी प्यानलका नमप्रसाद शर्मा ६७६ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खनाल प्यानलका केशव प्रसाद सापकोटाले ४८४ मत प्राप्त गरे । उद्योगतर्फको उपाध्यक्षमा भने खनाल प्यानलका प्रदिप भट्टराई विजयी भए । उनले ६१० मत प्राप्त गरे । अधिकारी प्यानलका देवानन्द अर्यालले ५५१ मत प्राप्त गरेका छन । वाणिज्यतर्फको उपाध्यक्षमा लक्ष्मण पौडेल ६७६ मत प्राप्त गरी विजयी भए । महासचिवमा अधिकारी प्यानलका तेजप्रसाद अधिकारी विजयी भए । उनले ६८७ मत ल्याए । उप–महासचिवमा मातृका सापकोटा ६६० मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा सुनिल खनाल ७१२ मत प्राप्त गरी विजयी भए । सह–कोषाध्यक्षमा ईश्वर कुमार श्रेष्ठ ६४२ मत प्राप्त गरी विजयी भए ।

सदस्यहरुमा तेजबहादुर शाही, धनबहादुर बुढा क्षेत्री, खुम बहादुर खत्री, प्रेमराज सुवेदी, चण्डी प्रसाद गैरे, दिपक बहादुर भण्डारी, सीता कार्की, भुपेन्द्र प्रसाद काफ्ले, नविन खड्का र टिकाराम देवकोटा विजयी भए । महिला सदस्यमा अन्जना धिताल र संगीता सुवेदी विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed