![]()
काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारले चौतर्फी संवाद थालेकाबेला शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका छन् ।
डा. गोविन्द केसीको अनसन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान हुन नसकेको भन्दै उनीहरुले दवावस्वरुप ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका हुन ।
डा.केसीको ज्यान जोखिममा पर्ने स्थिति आउँदा पनि सरोकारवाला निकायको ध्यानाकर्षण नभएको भन्दै बाध्य भएर यो कदम उठाउनु परेको डा. कस्चेव श्रेष्ठले जानकारी दिनुभयो ।


