Breaking News.... EverestOnlineKhabar
June 19, 2026

जुवातास र मदिरा नियन्त्रण गर्न बैतडीका महिला आन्दोलित

Loading

बैतडी । सधैं चुलोचौकामा मात्र सिमित हुँदै आएका बैतडी दोगडाकेदार–३ श्रीकोटका महिला आन्दोलित भएका छन । गाउँका लोग्ने मान्छे जुवातास र मदिरामा मात्रै लिप्त हुन थालेपछि उनीहरु एकजुट भइ यसकाबिरुद्धका ओर्लिएका हुन ।

मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हिंसा बढन थालेपछि उनीहरुले यस बिरुद्ध संगठित रुपमा अभियान नै थालेका छन ।
उनीहरुले आफनो गाउँमा मात्र होइन जिल्लामै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राखेका छन । कुनैपनि हालतमा मदिरा र जुवातास बन्द गराउने भन्दै उनीहरुले संघर्ष समिति पनि गठन गरेका छन । समितिको अध्यक्ष लक्ष्मी ओड रहेकी छन ।

महिला जागरण उत्थान समूह गठन नामक सो समितिले पहिलो दिन डाङ, खोचलेक, सिल्लेगडा हुँदै घोडेधारसम्म नाराजुलुस समेत गरेको छ ।

दोगडाकेदार गाउँपालिका वडा नं ३ का महिला वडा सदस्य हेमा कपाडी (भट्ट)ले महिलाका मागमा ऐक्यबद्घता जनाएको जानकारी दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed