Breaking News.... EverestOnlineKhabar
April 19, 2026

राज्यले नै भ्रष्टाचार बढायो, अब अख्तियार जाग्नु पर्छ : खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा भ्रष्टाचार बढ्नुमा राज्य नै जिम्मेवार भएको बताउनु भएको छ । मंगलवार व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा बोल्दै नेता खनालले भ्रष्टाचार बढ्नुमा राज्यकै कमजोरी प्रमुख कारण रहेको औंल्याउनु भएको हो ।

खनालले भन्नुभयो, ‘राज्यले नीतिगत व्यवस्था नगरेकै कारण मुलुक विश्वमै भ्रष्ट मुलुकको रुपमा चित्रण हुन पुग्यो’ ।
विगतमा स्रोत र साधनलाई दुरुपयोग हुन नदिन राज्यले उपयुक्त नीति नलिएपछि मुलुकमा आर्थिक अनियमितताको श्रृंखला नै सुरु भएको उहाँले बताउनुभयो ।

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्ने विश्वास पनि व्यक्त गर्नुभयो । यसका लागि अख्तियारले अझ बढी जिम्मेवार भएर काम गर्न उहाँले अख्तियारलाइ सुझाव समेत दिनुभयो ।

समिति बैठकमा बोल्दै नेता खनालले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको भन्दै यसतर्फ आफूलाइ केन्द्रीत गर्न अख्तियारको ध्यानाकर्षण समेत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed