Breaking News.... EverestOnlineKhabar
June 25, 2026

भेनेजुएलाका राष्ट्रपतिलाइ तानाशाह भन्दै अमेरिकाद्वारा आर्थिक प्रतिबन्ध

Loading

बिबिसि । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई आर्थिक प्रतिबन्ध लगाएको छ । राष्ट्रपति मदुरोलाई तानाशाहको संज्ञा दिँदै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो । प्रतिबन्धपछि मदुरोको सम्पत्ति रोक्का गरिएको बिबिसिले जनाएको छ ।

अमेरिकाले हालै सम्पन्न संविधानसभा चुनाव स्थगित गर्न दवाव दिएको थियो । अटेर गर्दै विवादास्पद नयाँ संविधानसभाको निर्वाचन गरेका मदुरोप्रति हाल अमेरिका क्रुद्ध रहेको छ । मदुरोसँग कुनै पनि प्रकारको व्यापार नगर्न अमेरिकी संस्थालाई निर्देशन दिईएको छ ।

आईतबार भएको चुनावका क्रममा हिंसा भड्किदा कम्तिमा १० जनाको मृत्यु भएको थियो । कुनै राष्ट्रले बिरोध गर्दैमा आफु नडराउने मदुरोले जवाफ फर्काएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed