Breaking News.... EverestOnlineKhabar
June 19, 2026

४५ दिनको लागि शाहिद खकान अब्बासी पाकिस्तानको प्रधानमन्त्री

Loading

एजेन्सी,१५ साउन ।
शाहिद खकान अब्बासी पाकिस्तानका अन्तरिम प्रधानमन्त्री बनेका छन् । सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग नवाजले अन्तरिम प्रधानमन्त्रीका रुपमा अब्बासीको नाम सिफारिस गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । नवाज शरिफको सरकारमा पेट्रोलियम मन्त्री समेत रहेका उनले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।
पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हुनेछन् । प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट पन्जाबका मुख्यमन्त्री रहेका शरिफका भाइ सेहबाज शरिफले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed