Breaking News.... EverestOnlineKhabar
June 20, 2026

भरतपुर मतगणना विवादः अदालतमा आज पनि बहस हुँदै

Loading

काठमाडौ,१५ साउन ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आइतबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको यो विषयमा आइतबार बहस हुने सर्वोच्च अदालतले जनाएको छ ।
रिट दायर गर्ने पक्षको बहस सकेर प्रतिवादीलाई फेरि जवाफी बहस गर्ने समय दिनुपर्ने भएकाले आइतबार नै फैसला आउने सम्भावना भने न्युन छ । रिट दायर भएको दुई महिना पुग्न लाग्दा समेत फैसला नहुँदा महत्वपूर्ण विषयलाई सर्वोच्चले प्राथमिकता नदिएको र अन्यौल बढ्न सघाएको आरोप लाग्न थालेको छ ।
मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि यसबारेमा सर्वोच्चमा रिट परेपछि मतदान गर्ने कि नगर्ने भन्ने अझै टुंगो लाग्न सक्दा अन्योल बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed