Breaking News.... EverestOnlineKhabar
June 19, 2026

संघीय संसद र प्रदेशसभाको चुनाव एकैपटक गर्ने सरकारको प्रस्तावः सम्भव कति ?

Loading

काठमाडौ,१५ साउन ।
प्रधानमन्त्री शेरवहादुर देउवाले संघीय संसद अर्था प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने प्रस्ताव गरेपछि निर्वाचन आयोग अहिले तयारीमा जुटेको छ । सरकारले दुवै तहको चुनाव एकै पटक गर्ने प्रस्ताव गरेपनि निर्वाचनको लागि आवश्यक पूर्वाधार भने तयार गर्न सकेको छैन् । अझै पनि निर्वाचनको लागि आवश्यक ऐन नियम बन्न सकेका छैनन् भने क्षेत्रनिर्धारण समेत हुन सकेको छैन् ।
दुई तहको चुनाव एकै पटक गर्न सहज नहुने निर्वाचन आयोगले सरकारलाई जानकारी गराईसकेको छ । तर सरकारले पूर्वाधार निर्माण गरे सम्भव भएको आयोगको भनाई छ । प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादले सरकारले आयोगको माग अनुसार समयमै निर्वाचन सम्बन्धि ऐन र क्षेत्रनिर्धारण आयोगको प्रतिवेदन दिए दुई तहको चुनाव एकैपटक गर्न आयोग तयार रहेको जनाउ दिएका छन् ।
त्यसो त सरकारको उक्त प्रस्तावप्रति प्रमुखप्रतिपक्ष दल र सत्तारुढ दलका अन्य घटक पनि सकारात्मक छन् । प्रतिपक्ष दल एमालेका सचिव योगेश भट्टराईले आवश्यक पूर्वाधार तयार गरेर मंसिरमै दुईचरणको निर्वाचन गरे राज्यले आर्थिक भार कम पर्ने मात्र नभई उम्म्ेद्वारलाई पनि चुनाव लड्न सहज हुने बताउनुभयो ।
सत्तारुढ दलको एक घटक माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले सरकारको निर्णय मुलुकको हितमा भएको भन्दै आफ्नो पार्टीको पूर्ण समर्थन रहने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed