Breaking News.... EverestOnlineKhabar
June 19, 2026

दलीय आधारमा गठन भएका कर्मचारी संगठन बिघटन गर्नुपर्छ : खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दलीय आधारमा गठन भएका निजामति कर्मचारी संगठन विघटन हुनुपर्ने बताउनु भएको छ ।

सूर्योदय नगरपालिका इलामले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेता खनालले कर्मचारी भित्र पनि संगठन बनाउनु दुःखद भएको टिप्पणी गर्नुभयो । अझ मुलुकमा भएका दलहरुकै संख्यामा संगठन निर्माण गर्नु खेदजनक भएको उहाँले बताउनुभयो ।
नेता खनालले विगतमा राजनीतिक अभिष्ठ पूरा गर्न खोलिएका दलीय कर्मचारी संगठनको आवश्यकता नरहेकाले तीनको बिघटन जरुरी भैसकेको बताउनुभयो ।

अब राजनीतिक उल्झनमा फस्नु भन्दा विकासका एजेण्डालाइ प्राथमिकता दिएर अघि बढनुपर्ने उहाँले बताउनुभयो । उहाँले अब सबै राजनीतिक दलले विकासको लहरलाई आत्मसाथ गर्दै जनताको एजेन्डालाई महत्व नदिए सखाप हुने चेतावनी समेत दिनुभयो ।

नेता खनालले हालै चुनिएका स्थानीय तहका जनप्रतिधिहरुलाइ जिम्मेवार भएर अघि बढन सुझाव दिनुभयो । नवनिर्वाचित जनप्रतिनिधका अगाडि थुप्रै सम्भावना र चुनौती रहेकाले इमान्दारी र गहनतापूर्वक जिम्मेवारी निर्वाह गर्न उहाँले सुझाव दिनुभयो ।

स्थानीय तहले स्थानीय सरकारको सम्पूर्ण अधिकार पाएकाले अब कार्यापालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सुझबुझका साथ प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed