![]()
बिबिसि । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बावजुद उत्तर कोरियाले पुनः अर्को ब्यालेष्टिक मिसायल परीक्षण गरेको छ । तीन हप्ता अघि मात्रै उत्तर कोरियाले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने क्षमताको मिसायल परीक्षण गरेको थियो ।
अमेरिका लगायत बिभिन्न शक्तिशाली राष्ट्रहरुले उत्तर कोरियामाथि थप प्रतिबन्धको तयारी गरिरहेकाबेला उत्तर कोरियाले पुनः मिसायल परीक्षण गरेको हो । ४७ मिनेटसम्म आकाशमा उडेको क्षेप्याष्त्र ३ हजार ७ सय २४ किलोमिटर सम्मको उचाईमा पुगेको थियो । सो मिसाईल सि अफ जापानमा खसेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
सो मिसाईल परीक्षण अमेरिकाका लागि कडा चेतावनी भएको विश्लेषण गरिएको छ । मिसाईल परीक्षणको निन्दा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले खतरनाक कदम चालेको प्रतिक्रिया दिएका छन ।
सन् २०१७ मा मात्रै उत्तर कोरियाले गरेको यो १४औं मिसाईल परीक्षण हो ।


