![]()
एजेन्सी । भारतको गोर्खाल्याण्ड आन्दोलन पुनः चर्किएको छ । गोर्खाल्याण्डको माग गर्दै त्यहांका स्थानीयले निकालेको खुकुरी जुलुसमा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि आन्दोलन पुनः चर्किएको हो । प्रहरीको गोली लागि अजय क्षेत्रीको मृत्यु भएको छ । क्षेत्रको टाउकोमा गोली लागेको थियो । गोली लागी दजनौ घाईते भएका छन् ।
योसँगै गोर्खाल्याण्ड आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रदर्शनकारीले सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।


