![]()
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा कार्यसमितिका असन्तुष्ट समूहले कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका छन् । थ्रिस्टारलाई क्षतिपुर्ति दिने लगायत बिभिन्न बिषयमा छलफल गर्न बोलाईएको बैठक एकाएक स्थागित गरिएपछि उनीहरु थप रुष्ठ भएका छन ।
विवादित बिषयमा तत्काल निर्णय गर्न कार्यसमिति बैठक राख्न उनीहरुले माग गरेका हुन । बैठक बोलाउन महासचिवलाई बारम्बार आग्रह गरेपनि बेवास्ता गरेको उनीहरुको आरोप छ । राष्ट्रिय लिग हुन नसकेर उर्जाशील खेलाडी समेत पलायन हुने क्रम बढेकाबेला एन्फाको भूमिका सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ ।
कार्यसमितिमा रहेका अधिकांश सदस्यले थ्रिस्टारले एएफसी कपमा सहभागीता जनाउन नपाउनुमा नेतृत्वको समेत गल्ती भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन ।


