Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलाडी र प्रशिक्षकलाई खेल पोशाक वितरण गरिएको छ । मिसन सागदेखि ओलम्पिक परियोजनाअन्तर्गत १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक गरी जम्मा ३ सय ४६ लाई ट्रयाक्स सुट र क्याप वितरण गरिएको हो ।

हाल एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, जुडो, बक्सिङ, भारोत्तोलन, आर्चरी, कुस्ती, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, पौडी र ट्रायथलनका खेलाडीहरु राष्ट्रिय टिमको तयारीमा छन् ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, सदस्यहरु उपेन्द्र पौडल र अर्जुनबहादुर केसी लगायतले पोशाक हस्तान्तरण गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed