![]()
काठमाडौं । राजनीतिक संकटबाट गुज्रिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको आन्तरिक विवाद झनझन बढ्न थालेको छ । पार्टीका शीर्ष नेताहरुले कार्यकर्ताको भावना नबुझी आफूखुशी निर्णय गर्ने, पार्टीको बिधान बनाउने लगायतका काम गर्न थालेपछि नेतृत्व तहमै असन्तुष्टि चुलिन थालेको छ ।
कोठे बैठकबाट बिधान बनाउन खोजिएको भन्दै हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक माग गरेका थिए । पटक–पटक बैठक आह्वान गरिएपनि बस्न सकेकिो छैन ।
यसअघि दुइ पटक सरिसकेको बैठक अब साउन २२ गते तोकिएको छ । काठमाडौंको बबरमहलमा बैठक बस्ने जनाइएको छ ।
राजपा नेपालको पदाधिकारीहरूको बैठक भने साउन १८ गतेदेखि सुरु हुनेछ ।
राजपा भित्र संविधान संशोधन र निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा नेताहरुबीच मतभेद कायमै छ ।


