![]()
बिबिसि । राष्ट्रपति डोनल्ड ट्रम्पको असहमतिका बावजुत अमेरिकी सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव बहुमतले पारित गरेको छ ।
रिपब्लिकन र ड्मोक्रेट दुवै पक्षको समर्थन रहेको प्रस्तावको पक्षमा ९८ मत परेको थियो भने विपक्षमा २ मात्र परेको थियो । यो प्रस्तावलाइ तल्लो सदनले पनि भारी मतले पारित गरेको थियो । अब राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि यो बिधेयक कानून बन्नेछ ।
राष्ट्रपति ट्रम्पले विधेयकको विपक्षमा भिटो अर्थात विशेषाधिकार लगाउन सक्ने अधिकार छ । तर यसरी लगाइएको भिटोलाई अमेरिकी संसदले दुई तिहाई मतबाट उल्ट्याइदिन सक्छ ।
रुसले युक्रेनबाट क्राइमियालाई आफ्नो कब्जामा लिएपछि प्रतिबन्धको प्रस्ताव आएको हो । अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले पारेको सन्दर्भमा पनि यो विषयसंग जोडिएको छ ।


