![]()
बिबिसि । इ–कमर्स रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन । माइक्रोसफ्टका मालिक बिल गेट्सलाइ पछि पार्दै उनी धनढ्यहरुको सूचीमा पहिलो स्थान ओगटन सफल भएका हुन ।
फोर्ब्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार बेजोसँग ९०.६ अर्ब डलरको सम्पत्ति छ । बिल गेट्सको सम्पत्ति ९० अर्ब डलर मात्र छ । आफनो कम्पनीको सेयरको मूल्यमा भएको बढोत्तरीका कारण बेजोसको सम्पत्ति एकाएक बढेको फोर्बसले जनाएको छ ।
माइक्रोसफ्टका सहसंस्थापक ६१ वर्षीय बिल गेट्स सन् २०१३ देखि संसारका सबैभन्दा धनी व्यक्तिको रुपमा रहँदै आएका थिए ।


