Breaking News.... EverestOnlineKhabar
June 21, 2026

प्रदेश र प्रतिनिधिसभाको चुनावको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निर्वाचन आयोगका पदाधिकारी, उपप्रधान एवं परराष्ट्रमन्त्री, गृह मन्त्री र अर्थमन्त्री समेत सहभागि बैठकमा प्रधानमन्त्री देउवाले जनताका मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गर्न पनि आग्रह गर्नुभयो । उहाँले जनताको एक–एक मतको कदर हुनुपर्ने भन्दै निर्वाचन पद्धतीमा सुधार गर्नुपर्ने समेत धारणा राख्नुभयो ।

क्षेत्र निर्धारण आयोगले काम थालिसकेको अवस्थामा निर्वाचन सम्वन्धी कानुन केही दिनभित्रै पास गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्रीको भनाई थियो । बैठकमा निर्वाचन आयोगका पदाधिकारीले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर प्रदेश र प्रतिनिधिसभाको चुनाव गर्न प्रस्ताव गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलसँग परामर्श गर्न सुझाव दिनुभएको थियो ।

एकै दिन प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने विषयमा भने निर्वाचन आयोगले असहमति जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed