![]()
काठमाडौँ । व्यवस्थापिका संसद्ले नयाँ वेबसाइटसँगै मोबाइल एपसमेत बनाएर संसदका गतिविधिलाई प्रत्यक्ष प्रसारण गर्ने प्रयास सुरु गरेको छ ।
सभामुख ओनसरी घर्तीले बिहीबार संसदको वेबसाइट र मोबाइल एप सार्वजनिक गर्नुभयो । कार्यक्रममा सभामुख घर्तीले संसद समयानुकल चल्न खोजेको बताउनुभयो । सभामुख घर्तीले भन्नुभयो ‘अहिलेको युग भनेको सूचना प्रविधिको युग हो, कम्प्युटरको चिप्समात्र हैन हाम्रो हातहातका स्मार्ट मोबाइलमा विश्व अटेको छ । ’
सभामुख घर्तीले प्रविधिसंगै अब संसद र सरकारी काम पनि स्मार्ट हुने विश्वास व्यक्त गर्नुभयो ।
वेबसाइट सार्वजनिकपछि संसद्को आइटी शाखाका प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले वेबसाइट तथा मोबाइल एपका विषयमा सांसदहरुलाई जानकारी दिनुभएको थियो ।
सांसद्हरुले वेबसाइटमा विगतको संसदका दस्तावेजहरु नभेटिएको तथा समयमा अपडेट नहुने गरेको गुनासो गरेका थिए ।


