![]()
दार्चुला । महाकाली नदीले महाकाली तटबन्धको १०–१० मिटरका २ ओटा ग्य्राभेटी पर्खाल बगाएको छ । नदीमा पानीको वहाव बढेपछि खोतीला पहिरो क्षेत्र वारिपट्टीको तटबन्धका २ वटा पर्खाल बगाएको तटवन्ध निर्माण आयोजनाले जनाएको छ । दुइवटा तटवन्ध बगेपछि सोही क्षेत्रका २ वटा पर्खाल पनि जोखिममा परेका छन ।
भासिन लागेका पर्खाले जोगाउन ग्याविन जाली लगाउने काम भैरहेको आयोजनाले जनाएको छ । पर्खाल निर्माण गर्दा ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयवासी भने आक्रोशित भएका छन ।
निरन्तर बर्षा र नदीमा पानीको वहाव बढेपछि बंगाबगडबासी त्रसित भएका छन ।


