![]()
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवाद अब पट्यार लाग्दो हुन थालेको छ । कहिले फैसला आउला भनेर व्यग्रतापूर्वक बसिरहेका सर्वसाधारण पनि अब भने दिक्क भएका छन । सर्वोच्च अदालतले लगातार यो मुद्दा हेर्दाहेर्दैमा राख्न थालेपछि सम्बन्धीत दल र उम्मेदवार पनि हैरान भएका छन । बिहीबार फैसला आउने अपेक्षा गरिएपनि अन्तिममा पुनः यो मुद्दा हेर्दाहेर्दैमा परेको छ ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा बिहीबार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले आफनो बहसलाइ निरन्तरता दिनुभएको थियो । निर्वाचन आयोगका कानून व्यवसायीकातर्फबाट बहस गर्न अझै बाँकी छ ।
जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म हुन सकेको छैन ।


