![]()
कास्की । लमजुङ र कास्कीको सिमानामा रहेको रुदी दोभानको पूल भाँचिएर यात्रु बस खोलामा खसेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
केही यात्रु खोलामा बगेको र कम्तिमा दुइ जना बसमा च्यापिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट १४ जनाको गम्भीर अवस्थामा उद्दार गरिएको छ ।
पोखराबाट लमजुङको पसगाउँफेदी जाँदै गरेको ना ५ ख ६३९५ नं. को दुर्घटनामा परेको हो ।


