![]()
काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले ११औं पटक आमरण अनसनमा बसेका चिकित्सक गोविन्द केसीका माग सम्बोधन गर्न तदारुकता देखाउनु भएको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत केसीका माग सम्बोधन गर्न मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठकमै मन्त्री गिरीराजमणि पोखरेलले डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको जानकारी गराउँदै समिति गठनको प्रस्ताव गर्नु भएको थियो ।
वार्ता टोलीमा प्रधानमन्त्री कार्यालय, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेका छन ।


