![]()
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माघ ७ गते भित्र संविधान बमोजिम तोकिएका सबै निर्वाचन हुनेमा शंका व्यक्त गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढ दलहरुको हेलचेक्र्याइ र निर्वाचन क्षेत्र निर्धारण आयोग ढिलो गठन हुनु लगायतका विषय उठाउँदै चुनाव हुनेमा आशंका गरेको हो ।
कार्यबाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले सरकारले निर्वाचनको तयारी निकै सुस्त रुपमा गरिरहेकोमा आपत्ती समेत जनाएको छ ।
बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई राजनीतिक स्वार्थ र दबाबबाट मुक्त भई कार्यसम्पादन गर्न पनि ध्यानाकर्षण गरेको छ । निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय भएको बैठकपछि जारी बिज्ञप्तीमा उल्लेख छ ।
पार्टी अध्यक्ष केपी ओली चीन भ्रमणमा रहेकाले कार्यवाहक अध्यक्ष गौतमको अध्यक्षतामा बैठक बसेका हो ।


