![]()
काठमाडौं । बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति बिज्ञहरु समेत असन्तुष्ट देखिएका छन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उर्जा मन्त्री रहनु भएका हालका गृहमन्त्री जनार्दन शर्माले चीनको विवादित गेजुवा कम्पनीलाइ परियोजना जिम्मा लगाउनु भएको थियो । नयाँ शक्ति पार्टी लगायत बिभिन्न दलका सांसदहरुले यो निर्णयप्रति आपत्ती जनाइरहेकाबेला संसदको लेखा समितिमा यो विषयले प्रवेश पाएको छ ।
बुधवार सिंहदरवारमा बसेको लेखा समितिको बैठकमा जलश्रोत बिज्ञहरुले समेत चिनियाँ कम्पनीलाइ बुढीगण्डकी जिम्मा लगाउनु गम्भीर गल्ती भएको औंल्याएका छन । उनीहरुले नेपालको जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रलाई उत्साही बनाउन र वैदेशिक लगानी भित्रयाउन समेत बुढिगण्डकी जलविद्युत आयोजना नेपाल आफैले बनाउनुपर्ने धारणा राखे ।
बैठकमा जलस्रोतविद् लक्ष्मीप्रसाद देवकोटाले बुढिगण्डकी जलविद्युत आयोजना नेपाल सरकार आफैले सम्पन्न गरे वैदेशिक लगानी समेत भित्रयाउन वातावरण बन्ने दावी गरे । देवकोटाले जलविद्युत आयोजनामा लगानी गर्न नेपालमा धेरै वित्तिय संस्थाहरु सक्षम रहेको पनि सांसदहरुलाइ स्मरण गराएका थिए ।
अर्का जलस्रोतविद् रामहरि कोइरालाले बुढिगण्डकी जलविद्युत आयोजना विदेशी कम्पनीलाई दिने सरकारको निर्णय मुलुकको हितमा नरहेको बताए । उनले सरकार र निजी क्षेत्रको लगानीमा यो आयोजना पूरा गर्न सकिने धारणा राखे ।
बुढीगण्डकीको बिद्यूत उत्पादन क्षमता १२ सय मेघावाट रहेको छ ।


