![]()
एजेन्सी । ईन्टरनेशनल च्याम्पियन्स कप फुटबलको पछिल्ला खेलमा रोमा र वार्यन म्युनिख बिजयी भएका छन् । रोमाले टटनह्याम र वार्यनले चेल्सीलाई समान ३–२ गोल अन्तरले पराजित गरे ।
बुधवार बिहान सम्पन्न खेलमा रोमाले टोटनह्याममाथी कठिन जित निकाल्यो । पहिलो हाफमा १–० को अग्रता बनाएको रोमाले दोस्रो हाफमा २ गोल थपेको थियो । खेलको अन्तिमतीर टोटनह्यामले २ गोल गरेको थियो ।
दोस्रो हाफमा आक्रामक बनेको टोटनह्यामले पाएका केहि अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु प¥यो । प्रतियोगिता अन्र्तगत ईङलिस क्लब चेल्सी जर्मन क्लब वार्यन म्युनिखसंग समान ३–२ गोल अन्तरले पराजित भयो । वार्यनको जितमा थोमस मुलरले २ तथा राफिन्हाले १ गोल गरेका थिए ।


