Breaking News.... EverestOnlineKhabar
June 19, 2026

फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको जंगलमा भीषण डढेलो, आगो निभाउन छिमेकी देशलाइ हारगुहार

Loading

बिबिसि । फ्रान्सको दक्षिण पूर्वी क्षेत्रमा भीषण आगलागी भएको छ । डढेलोका कारण कम्तीमा दश हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
आगो भूमध्ये सागरको तटीय क्षेत्र, भित्री पहाडी भेग र कोर्सिका टापुको झण्डै चालिस बर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

स्थानीय प्रशासनले आगो निभाउन सहयोगका लागि छिमेकी मुलुकलाइ आग्रह गरेको छ । आगो निभाउने क्रममा कम्तीमा १२ जना अग्नि नियन्त्रक र १५ जना प्रहरीहरु घाइते भएका छन् ।

एकजना अग्नि नियन्त्रक अधिकारीले भनेका छन, ‘आगो फैलिन थालेपछि त्यसक्षेत्रबाट कम्तीमा १० हजार मानिसलाई स्थानान्तरण गरिएको छ । ’
समग्रमा चार हजार अग्नि नियन्त्रक र सैनिकहरुले पानीका बमहरुको प्रयोग गरेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed