![]()
काठमाडौं । अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बिस्तार गर्ने हुनु भएको छ । आफनै पार्टी भित्रको असहयोगका कारण मन्त्रिपरिषद बिस्तार गर्न नसकेकोमा आलोचना खेपिरहेका देउवाले आज आफनो मन्त्रिपरिषद्मा १८ जना मन्त्री थप्दै हुनुहुन्छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयु्क्तबाट सिफारिस भएकाहरु मन्त्री बन्न लागेका हुन ।
अपरान्ह चार बजेपछि राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम रहेको छ । थपिन लागेका मध्ये अधिकांश नयाँ अनुहारका छन ।


