Breaking News.... EverestOnlineKhabar
May 12, 2026

अंक नै केरमेट गरी कर मिनाहा…..?

Loading

काठमाडौ,८ साउन ।
कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ। आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो।
स्रोतले उपलब्ध गराएको विवरणअनुसार आयोगको रजिस्ट्ररमा दर्ता र चलानीको अभिलेख केरमेट र फेरबदल गरी निर्णय गरिएको मात्र होइन, केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई आयोगका सदस्य सचिव रहेका चूडामणि शर्माले केरमेट गरेर सच्याई हस्ताक्षर गरेको समेत देखिन्छ। यस्तै, दर्जनौं ठाउँमा पत्राचारका चलानी नम्बर‘ब्याक डेट’ मा केरमेट गरिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा समेत यस्ता तथ्य भेटिएका छन्।
चार्टर्ड एकाउन्टेन्टद्वय लुम्बध्वज महत अध्यक्ष र उमेश ढकाल सदस्य रहेको आयोगले सर्वसम्मत निर्णय लिएकोमा पनि सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माले राजस्वको अंक नै केरमेट गरेको पत्ता लाग्यो। उनले सम्झौतापछिको मितिमा समेत अंक सच्याएको भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.