Breaking News.... EverestOnlineKhabar
May 12, 2026

माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति विघटन…..?

Loading

काठमाडौ,८ साउन ।
नेकपा माओवादी केन्द्रले जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन गर्ने निर्णय गरेको छ । अब माओवादीले दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउनेछ । शनिबार सम्पन्न माओवादी केन्द्रीय सचिवालयको बिस्तारित बैठकले राष्ट्रिय भेला मार्फत् दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय गरेको माओवादी स्थायी समितिका एक सदस्यले जानकारी दिए ।
राष्ट्रिय भेलाको मिति भने तोकिएको छैन । दुई नम्बर प्रदेशको चुनावपछि राष्ट्रिय भेला आयोजना हुने माओवादी नेताहरु बताउँछन् । रामबहादुर थापा बादल, मातृका यादव, मणि थापा र तिलक परियार नेतृत्वको पार्टी तथा समूहसँग माओवादी एकतापछि २ हजार बढीको महाधिवेशन आयोजक समिति बनाइएको थियो । महाधिवेशन आयोजक समितिका सदस्यहरु सबै केन्द्रीय सदस्य बन्ने भएकाले माओवादी केन्द्र विश्वकै सबैभन्दा धेरै केन्द्रीय सदस्य भएको पार्टी बनेको भन्दै कार्यकर्तातहबाटै व्यापक आलोचना भएको थियो ।
अब महाधिवेशन आयोजक समिति ९९ सदस्यीय बनाउने तयारी माओवादीले थालेको छ । यसअघि वर्षमान पुन अनन्त नेतृत्वको एक समितिले पनि केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.